चितवन-'एक रिटर्नी, एक उद्यम प्रविधिको माध्यम’ भन्ने मूल नारासहित बैदेशिक रोजगारीबाट फर्केका माओवादी केन्द्रको जनवर्गीय सङ्गठन रिटर्नी सेन्टर नेपालले प्रथम राष्ट्रिय सम्मेलन चैत ९ र १० गते भरतपुरमा हुने भएको छ ।
सम्मेलन 'घुमौं भरतपुर ' लाई लक्षित गरी चितवन भरतपुरको मलेवा पार्टी प्यालेसमा हुन लागेको सहसंयोजक हेमन्त पौडेलले जानकारी दिए । सम्मेलनलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । रिटर्नी सेन्टरले वैदेशिक रोजगारीबाट फर्केका को श्रम,ज्ञान,सीप,पुजीं,तथा प्रविधिलाई उपयोग गर्दै सामूहिक लगानीमार्फत् स्वदेशमै रोजगारीको सृजना गर्ने लक्ष्य रहेको छ।
पत्रकार सम्मेलनमा केन्द्रीय सह- संयोजक बागमती प्रदेश ईन्चार्ज हेमन्त पौडेल, केन्द्रीय सह-संयोजक गण्डकी प्रदेश ईन्चार्ज रामचन्द्र अधिकारी क्षेत्री, केन्द्रीय सचिव भीम लकान्द्रीलगायत सहभागी थिए।