काठमाडौँ : नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसदीय समिति गठन गरी छानबिन गर्न माग गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा लामिछाने कही कतै दोषी नदेखिएको भन्दै जवाफ दिएपछि कांग्रेसले चित्त नबुझेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेको हो । प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइँदैछ । गलत सूचना दिइँदैछ । प्रधानमन्त्री नै अँध्यारोमा हुनुहुन्छ भने अब यो कुराको निष्पक्ष छानबिन होला ? लेखकले प्रश्न गरे ।
विगतमा मन्त्रीमाथि प्रश्न उठ्दा संसदीय समितिसमेत गठन भएको उल्लेख गर्दै लेखकले आगामी दिनमा त्यो माग पूरा नगरिए संसद् अवरोध हुने चेतावनी दिए ।
कांग्रेसले सदनलाई अवरुद्ध गरेर बजेटदेखि महत्त्वपूर्ण विधेयकका काम नरोक्ने तर आफ्ना मागलाई नजरअन्दाज गरिए सरकारले नै संसद् अवरुद्ध गरेको पुष्टि हुने उनको भनाइ छ ।