भरतपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता हुने
चितवन : चितवनको भरतपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा यही चैत ८ (बिहीबार) देखि १८ गतेसम्म भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा इन्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसीप प्रतियोगिता हुन लागेको हो ।
टीभीका तर्फबाट चिफ मार्केटिङ अफिसर सुजन कार्की र आयोजकका तर्फबाट चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले सम्झौतामा हस्ताक्षर गरेका थिए । सबै खेलहरू कान्तिपुर टीभी म्याक्सका साथै कान्तिपुर टेलिभिजनको युट्युबलगायतका प्लेटफर्महरूमा पनि प्रत्यक्ष प्रसारण हुनेछ ।
प्रतियोगिताका विजेताले पाउने ट्रफी भोलि (बिहीबार) भरतपुर–२२ पटिहानीस्थित सोल्टी वेस्र्टन रिसोर्टमा सार्वजनिक गरिदैछ ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० ११:५५
प्रतिक्रिया दिनुहोस्