प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो दुइ पेशेबर अपराधी
सर्लाही : सर्लाही प्रहरीले विभिन्न अपराधमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार राति बरहथवाबाट प्रहरीले भारत बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा २४ वर्षीय जितेन्द्र राउतलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लग्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो ।
राउतको दुवै खुट्टामा गोली लागेको छ। उनको आइसियूमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।उनको उपचार मलंगवास्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । मोटरसाइकलमा रहेका बेला उनी दुबै जना पक्राउ परेको र सर्च गर्दा हातहतियार समेत फेला परेको बताइएको छ ।
पक्राउ परेका दुबै जना पेशेबर अपराधी भएको र नेपाल तथा भारतमा दर्जनौं अपराधमा संलग्न रहेको प्रहरीको दावी छ ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० ११:४४
प्रतिक्रिया दिनुहोस्