पोखराको काहुँडाँडामा भीषण डढेलो
कास्की । पोखराको काहुँडाँडामा भीषण डढेलो लागेको छ । पोखरा ११ स्थित काहुँडाडामा सोमबार राति करिब ९ बजेको समयमा नजिकैको जंगलबाट सल्किएको आगो फैलिएको हो ।
जंगलबाट नजिकै रहेको बस्ती डढेलोको जोखिममा परेको छ । डढेलो लागिरहेको स्थान र बस्तीको दूरी करिब एक सय मिटरको फरकमा मात्रै रहेको हुँदा उक्त बस्ती जोखिममा रहेको स्थानीय बासिन्दाले जनाएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० २३:३४
प्रतिक्रिया दिनुहोस्