कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
कपिलवस्तुको पकडीबाट आजै पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई आजै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं ल्याइएको थियो ।
रोल्पा जान लागेका महरालाई भारत पस्नसक्ने आशंकामा पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ । महरासहित सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन गृहमन्त्री रवि लामिछानेले हिजो (आइतबार) प्रहरीलाई निर्देशन दिएका थिए ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० १८:१७
प्रतिक्रिया दिनुहोस्