Mero Chitwan
सुन तस्करी प्रकरण : महरासहितलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं  : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्यामलाल ज्ञवालीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा केही समय अघि भएको छलफलमा लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update