काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधसभाको बैठक सुरु भएको छ । बैठकको सुरुवातमा नेपाली कांग्रेसका सांदस प्रदीप पौडेल बोलिरहेका छन् । यसक्रममा उनले संसद्मा उठेका प्रश्नहरूको समाना गर्नुको साँटो प्रधानमन्त्री भागेर हिँडेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् पौडेलले भने, ‘संसद्मा उठेका प्रश्नहरूको समाना गर्नुको साँटो प्रधानमन्त्री भागेर हिँडिरहनु भएको छ । सम्माननीय प्रधानमन्त्रीको यस विषयमा डबल स्ट्याण्ड देखियो ।’
आजको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची थियो ।