रुसमा थप ७ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि
काठमाडौं–परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये थप ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सन्जय केसी र रसुवाका सुन्दर मोक्तान जनाको मृत्यु भएको हो ।
मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको पनि जनाएको छ।
यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुस सरकारलाई पुनः अनु्रोध गरिएको पनि मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० १८:४१
प्रतिक्रिया दिनुहोस्