Mero Chitwan
प्रधानमन्त्रीले तेस्रो पटक पाए विश्वासको मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा तेस्रो पटक विश्वासको मत पाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उपस्थित २६८ सांसदमध्ये १५७ जनाले दाहाललाई विश्वासको मत दिएका हुन् ।

प्रस्तावको विपक्षमा ११० मत पर्‍यो भने १ सांसद तटस्थ बसे ।

पुरानो सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता गठबन्धनबाट सरकार विस्तार गरेका प्रधानमन्त्री दाहालले कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन् । यसअघि गत वर्ष दाहालले दुईपटक विश्वासको मत पाएका थिए ।

यसपटक प्रधानमन्त्री दाहाललाई माओवादी, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् । 

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update