सुतेको घरमा घाँटी काटिएको अवस्थामा मृत फेला
सुर्खेत : वीरेन्द्रनगरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बारा घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित दैलेखी टोल बस्ने ३२ वर्षीय अनिल पटेल आफू सुतेको घरमा घाँटी काटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको घाँटीमा गहिरो चोट लागेको छ । साथै घटनास्थलमा रगत लागेको चुलेसीसमेत फेला परेको छ । ‘पटेल बिहान ११ बजे मृत फेला परेको त्यहाँका स्थानीयले जानकारी गराउनुभयो,’ घटनास्थल पुगेका एक प्रहरीले भने ‘हामी त्यहाँ गएको बेला उनको घाँटीमा गहिरो चोट लागेको थियो, रगत बगिरहेको थियो, उनकै कोठामा रगत लागेको चुलेसी फेला परेको छ।’
प्रहरीकाअनुसार पटेल लामो समयदेखि वीरेन्द्रनगरमा भाडामा बस्दै आएका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १६:२८
प्रतिक्रिया दिनुहोस्