सुन जस्तै धातुको विभिन्न गरगहनासहित एक युबती पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुको करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित एक युबती पक्राउ परेकी छन् । प्युठान ऐरावती गाउँपालिका-६ घर भएकी २८ वर्षीया संगीता परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
फ्लाई दुवईको उडानद्वारा दुवईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छली गरी लैजान लागेको अवस्थामा उक्त धातुको लकेट सहितको सिक्री १ थान, ब्रासलेट १ थान, औंठी ३ थान, रानीहार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औंठी १ थानसहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइनेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १३:०२
प्रतिक्रिया दिनुहोस्