Mero Chitwan
कांग्रेस महासमिति बैठक तेस्रो पटक सर्‍यो, नयाँ मिति फागुन ७-१० मा

काठमाडौं-पुसमा हुने भनिएको कांग्रेसको महासमिति बैठक सरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले फागुन ७ देखि १० गतेसम्म बैठक गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गरेका थिए । यसअघि पौष १६-१९ मा गर्ने निर्णय भएको थियो ।

नेपाली कांग्रेसको पुसमा हुने भनिएको महासमिति बैठक तेस्रोपटक सरेको हो । यसअघि पुस १६ देखि १९ गते महासमिति बैठक गर्ने निर्णय भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडोलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गरेका थिए । 

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन गर्न र महासमितिको एजेन्डा तय गर्न पुस १२ गते पार्टी केन्द्रीय समितिको बैठक बोलाउने निर्णयसमेत गरेको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदै छ ।

राष्ट्रियसभा चुनावमा पार्टीका तर्फबाट उम्मेद्‌वारलाई दिने पत्रमा सभापति देउवाले हस्ताक्षर गर्ने निर्णय पनि बैठकले गरेको छ । तर महासमितिको बैठक तेस्रोपटक सार्ने निर्णयको नेता शेखर कोइराला पक्षले विरोध गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update