अब जन्म दर्ताका लागि समेत राष्ट्रिय परिचयपत्र नम्बर चाहिने
काठमाडौं - सरकारले जन्म दर्ताका लागि समेत राष्ट्रिय परिचयपत्र चाहिने व्यवस्था गरेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागले हिजो सूचना जारी गर्दै १६ वर्ष सम्मका बालबालिकाका लागि राष्ट्रिय परिचयपत्र नम्बरसहितको जन्म दर्ता प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न सबै स्थानीय निकायलाई निर्देशन दिएको हो ।
यस्तै संशोधन तथा प्रतिलिपी जारी गर्दा पनि राष्ट्रिय परिचयपत्र नम्बर समावेश गर्न विभागले भनेको छ ।
विभागले स्थानीय तह तथा घटना दर्ता गर्ने सबै निकायलाई यस्तो निर्देशन दिएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० १६:००
प्रतिक्रिया दिनुहोस्