Mero Chitwan
हुँदै नभएको ल्होसारमा बिदा, हुस्सु कि मागको बेवास्ता ?


काठमाडौंः नेपाल शेर्पा संघले गत माघ १० गते नै एक प्रेस नोट जारी गरी भनेको थियो शेर्पा समुदायको ग्याल्पो ल्होसाल माघ २७ गते परेको छ। तर, नेपाली पात्रोमा फागुन २७ गते पारिएको छ। भोटचन्द्र पात्रोअनुसार सम्बन्धित क्षेत्रका विज्ञलाई राखेर सही तिथिमितिसहितको पात्रो निर्माण गर्दा पनि सुधार हुन सकेन । 
संघले गत वर्ष आफ्नै अनुरोधमा पन्चांग निर्णायक समितिले  सही तिथिमै ल्होसार पारेकोमा यस वर्ष त्यही क्रमलाई निरन्तरता दिने अपेक्षा गरिए पनि त्यसो हुन नसक्नु दुखद पक्ष भएको जनाएको थियो । साथै योत्रुटि सच्याउन पनि आग्रह गर्दै माघ २७ गते नै ल्होसार मनाउन पनि अपिल गरेको थियो । 

तर, त्यसो भएन । राष्टपति, उपराष्टपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका नेतासम्मले हिजै विज्ञप्ति निकालेर ग्याल्पो ल्होसारको शुभकामना दिइसकेका थिए । सरकारी पात्रोअनुसार आज सबै सरकारी कार्यालय, शिक्षण संस्था बन्द भए । 

तर, सरकारले शेर्पा समुदायको मागअनुसार पात्रो सच्यायो, न आज ल्होसाार होइन भनेर सूचना नै जारी गर्न आवश्यक ठान्यो । 

IMG-8100ecdc4c499f6da8351760cf45a546-V-1710146222.jpg

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update