यात्रु बसले साइकललाई ठक्कर दिएपछि स्थानीयद्वारा बसमा आगजनी
सर्लाही : सर्लाहीको मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत कबिलासीमा यात्रु बसले साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन्।
नवलपुरबाट मलंगवाका लागि छुटेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका -१० सलेमपुर घर भएका ५५ वर्षीय सजुगल महतोलाई सोमबार बिहान ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका जुगललाई प्रादेशिक अस्पताल मलंगवा सामान्य उपचार गरी थप उपचारको लागि काठमाडौँ पठाएको छ । आगजनीबाट बस पूर्णरुपले जलेको छ। ठक्कर दिने बसको चालकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० १४:०१
प्रतिक्रिया दिनुहोस्