Mero Chitwan
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको  आफ्ना सासंदलाइ ह्वीप

काठमाडाै‌ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन नेपाली कांग्रेसले आफ्ना सबै सांसदलाई ह्विप जारी गरेको छ ।

प्रधानमन्त्री दाहालले आगामी फागुन ३० गते विश्वासको मत लिन लाग्नुभएकाेमा कांग्रेसले सबै सासंद अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे हाे ।

पार्टीका प्रमुख सचेतक रमेश लेखकले सूचना जारी गर्दै विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे बताउनुभयाे ।

सत्ता गठबन्धन फेरिएसंगै नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ ।

6a679122-4cce-4978-912c-3c0c0ffd368e-1710144113.jpg

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update