Mero Chitwan
एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी

काठमाडौं : नेकपा (एमाले) गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन्। एमाले गोरखाको आठौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले पराजित गरेका हुन्।

थापाले २८० मत ल्याए भने नेपालीले २०५ मत ल्याए। उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकामा मेनबहादुर अधिकारी विजयी भए। अधिकारीले २७० मत ल्याए भने कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत प्राप्त गरे।

सचिवमा ३५३ मत ल्याएर काजीराम रोका विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत पाए। उपसचिवमा खुलातर्फ मनोज जोशी विजयी भए। उनले २६५ मत प्राप्त गर्दा अर्का प्रत्यासी विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत ल्याए।

महिला उपसचिवमा शान्ति चापागाईं विजयी भइन्। उनले ३२० मत प्राप्त गर्दा नानीमाया थापाले १५० मत पाइन्। अधिवेशनमा ५११ मत खसेको नेकपा (एमाले) गोरखाले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update