पोल्ट्री दिवसका अवसरमा ‘चिकेन एण्ड एग फेस्टिवल’
मंगलबार, पुस १७, २०८०

रैथाने फुड फेस्टिबलमा आज प्रवेश निःशुल्क,हाँस्य कलाकार सुवोध गौतम, कलाकार प्रजापती पराजुलीलगायतका कलाकारहरु आउने
मंगलबार, पुस १७, २०८०
होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको आज चौँथो दिन हाँस्य कलाकार सुवोध गौतम, कलाकार प्रजापती पराजुलीलगायतका कलाकारहरु आउने भएका छन् ।

चितवनका तीन पालिकाको माटोमा अम्लियपना बढी देखियो
सोमबार, पुस १६, २०८०
पूर्वी चितवनका तीन पालिकामा खेतीयोग्य जमिनको माटोमा अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ । जिल्लामा रहेको धान जोनमा उत्पादनमा वृद्धि हुन नसकेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले माटो परीक्षण गरेको थियो । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको माटो परीक्षण गरिएको थियो ।

चितवन उद्योग वाणिज्य संघ चुनाव : कस–कसले दर्ता गराए मनोनयन
सोमबार, पुस १६, २०८०
अध्यक्षमा शिरिष पन्त र सुमनकुमार श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा चिरन्जीवी सुवेदी र राजन पिया, उपाध्यक्ष (उद्योगतर्फ) अशोक अधिकारी र थिरप्रसाद धिताल, उपाध्यक्ष (वाणिज्यतर्फ) राजेन्द्र ओली र रजनी मास्केले मनोनयन दर्ता गराएका छन् ।

भरतपुर महानगरले दियो २८ जना नगर प्रहरीलाई दर्ज्यानी चिह्न
सोमबार, पुस १६, २०८०
भरतपुर महानगरपालिकाले नगर प्रहरी नायव उपरीक्षकसहित २८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । सोमबार एक कार्यक्रमका बीच २८ नगर प्रहरीलाई संयुक्त रुपमा दर्ज्यानी प्रदान गरिएको हो।

इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव, पर्यटकले बोटमै चढेर सुन्तला खान पाउने
सोमबार, पुस १६, २०८०
गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको उल्लेख गर्दै उनले महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरेको बताए।

अंग्रेजी नयाँ वर्ष मनाउन सौराहामा पर्यटकको घुइँचो
आइतबार, पुस १५, २०८०
चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ
एक वर्षमा के गरे भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले
शनिबार, पुस १४, २०८०
नियुक्तिको एक वर्ष पूरा भएको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले अस्पतालको भौतिक पूर्वाधार विकासदेखि उपचार सेवासम्म बिस्तार गरिएको बतााए । अस्पतालले हाल दैनिक ३ हजारको हाराहारीमा बिरामीलाई सेवा दिँदै आएको छ भने ११ सय २५ कर्मचारी कार्यरत छन्।

नारायणीमा नयाँ पुलको काम सुरु
शनिबार, पुस १४, २०८०
पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्छ । पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ । उक्त कम्पनीलाई रु. एक अर्ब ६८ करोड ७६ लाखमा नक्साङ्कन सहितको निर्माणको ठेक्का दिईएको हो ।
![सौराहामा हात्तीको वनभोज [फोटो फिचर]](https://www.merochitwan.com/uploads/posts/400X300/hatti-bhoj-(7)-1703871952.jpg)
सौराहामा हात्तीको वनभोज [फोटो फिचर]
शुक्रबार, पुस १३, २०८०
सौराहामा जारी ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’को चौथो दिन आज हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा व्यक्तिगत हात्तीहरूलाई विभिन्न फलफूलसहित खिर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।

रत्ननगर महोत्सव पुस २६ गतेदेखि
शुक्रबार, पुस १३, २०८०
रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवको तयारीका बारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । महोत्सवमा यस वर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ ।

चितवन हात्ती महोत्सवअन्तर्गतको डुंगा दौडमा खैरहनी नगरपालिका उत्कृष्ट
बिहीबार, पुस १२, २०८०
चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज भएको डुंगादौड प्रतियोगितामा खैरहनी नगरपालिका उत्कृष्ट भएको छ। चितवनका सात वटा स्थानीय तहले भाग लिएको प्रतियोगितामा रत्ननगर नगरपालिका दोस्रा र माडी नगरपालिका तेस्रा भए ।

हात्तीसुन्दरीको उपाधि 'सेल्फीकली' लाई
बुधबार, पुस ११, २०८०
सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० अन्तर्गत हात्ती सुन्दरीको उपाधि 'सेल्फीकली' ले जितेको छ । प्रतियोगितामा सहभागी छ वटा हात्ती सहभागी रहेकोमा १७ वर्षको सेल्फीकलीले उपाधि जित्न सफल भएको हो ।