लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको ३४ देशद्वारा निन्दा
मंगलबार, असोज २९, २०८१

दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स
मंगलबार, असोज २९, २०८१
राष्ट्र बैंकले मंगलबार सार्बजनिक गरेको रिपोर्टअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब १४ करोड भित्रिएको हो ।

पोषणविद्को सुझाव : दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ
शनिबार, असोज २६, २०८१
दसैँमा आफन्तजनहरुको बाक्लो उपस्थिति हुन्छ । पाहुनाहरुको आउजाउले गर्दा खानेकुराको प्रयोग अत्यधिक हुन्छ । विशेषगरी चाडपर्वमा मानिसले चाहिनेभन्दा बढी खाने र त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने पोषणविद्हरुको भनाइ छ ।

टीकाको दिन आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
शनिबार, असोज २६, २०८१
मौसमविद् झाले वर्षा भएपनि दसैँको टीका विथोल्ने किसिमको झरी पर्ने अवस्था नरहेको उल्लेख गरे । दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि...

राष्ट्रपतिले दिउँसो ३.३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
शनिबार, असोज २६, २०८१
राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनेछन् ।साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ ।

हर्षोल्लासका साथ विजया दशमी मनाइँदै, टीकाको उत्तम साइत ११.३६ बजे
शनिबार, असोज २६, २०८१
दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ ।

उपत्यकाबाट बाहिरिए १३ लाख मानिस
शुक्रबार, असोज २५, २०८१
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या शनिबारसम्मको हो । अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

बैतडीको भगवती मन्दिरमा चढाइयो एक हजार पशुबलि
शुक्रबार, असोज २५, २०८१
घटस्थापनादेखि महाअष्टमीसम्म यहाँका भगवती मन्दिरमा करिब एक हजार पशुबलि चढाइएको जनाएको छ । जिल्लाकै प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा लागेको अष्टमी मेलामा मात्रै पाँच सय १२ पशुको बलि दिइएको छ । दशरथचन्द नगरपालिका–२ स्थित निङ्गलाशैनी भगवति मन्दिरमा तीन सय १७ राँगा र एक सय ९५ बोकाको बलि दिइएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका...